सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बायर्नका प्रशिक्षक नागेल्समेन भन्छन् : यति ठुलो गोलअन्तरले जित्न चाहन्न थिएँ

बायर्नका प्रशिक्षक नागेल्समेन भन्छन् : यति ठुलो गोलअन्तरले जित्न चाहन्न थिएँ

त्यसैले आरबी लाइप्जिकले उनलाई दिएको परिचय पनि नागेस्मेनलाई निकै प्यारो लाग्छ। तर बायर्नका प्रशिक्षक हुन पाउने भएपछि उनले लाइप्जिक छोडे। तर शनिबार राति उनका लागि निकै कष्टकर रह्यो।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं- आरबी लाइप्जिकका ३४ वर्षीय पूर्वप्रशिक्षक जुलियन नागेल्समेन यो २०२१/२२ सुरु भएसँगै साविक विजेता क्लब मूख्य प्रशिक्षकका रुपमा बार्यन म्युनिख पुगेका थिए। बार्यन आउनुअघि नै च्याम्पियन्स लिगमा लाइप्जिकबाट उत्कृष्ट प्रदर्शन गरेपछि उनले विश्व फुटबल वृत्तमा चर्चा कमाइसकेका थिए।

National life

त्यसो त उनका उमेर समुहका धेरै  फुटबल मैदानमा सकृय रुपमा खेलिरहेकै छन्। ज्वालटन इब्रहिमोविच र क्रिस्टियानो रोनाल्डो नागेल्समेनभन्दा उमेरले जेठा हुन्। जो मैदानमा रमाइरहेका छन्। त्यसमाथि उनले कम उमेरमै आरबी लाइप्जिकलाई बुन्डेसलिगाको उपविजेता बनाएका थिए। त्यसैले उनको चर्चा बायर्न आउनु अघि नै भएको थियो।

त्यसैले आरबी लाइप्जिकले उनलाई दिएको परिचय पनि नागेस्मेनलाई निकै प्यारो लाग्छ। तर बायर्नका प्रशिक्षक हुन पाउने भएपछि उनले लाइप्जिक छोडे। तर शनिबार राति उनका लागि निकै कष्टकर रह्यो।

 बार्यन र लाइप्जिकको खेलमा नतिजा ४–१ ले बायर्नको पक्षमा रह्यो। ‘हामी जित्न चहान्थ्यौँ  तर जितको मिर्जिन ४-१ जस्तो उच्च नहोस् भन्ने थियो,’ खेलपछि नागेल्समेनले भने, ‘हामी त्यसका हकदार भने थियौँ। पहिलो हाफमा हाम्रो खेल संरचना राम्रो भएन तर धेरे बल लुज गरिरहेका थियौँ।’

बार्यनले पहिलो हाफमा एक गोल गरे पनि दोस्रो हाफमा तीन गोल गर्न सफल भएको थियो।त्यस्तै, बार्यनका थोमस मुलरले जितको मूख्य श्रेय जमनल मुसियालालाई दिएका छन्। मुसियालाले खेलमा दोस्रो गोल गरेका थिए। ‘यो निकै रोमाञ्चक रह्यो। हामीले राम्रो खेल्न सक्यौ,’ मुसियालाले भने।

Laxmi sunrise bank
kumari

खेलको १२ औं मिनेटमा पेनाल्टीको सदुपयोग गर्दै रोबर्ट लेवान्डोस्कीले बार्यनका लागि गोलको खाता खोलेका थिए। यसँगै पहिलो हाफमा बार्यले एकमात्र गोल गर्नसक्यो। मुसियालाले ४७ औं मिनेटमा गोल गरे भने लेरोय सानेले ५४ औं मिनेटमा बायर्नको तेस्रो गोल गरे।

यता घरेलु टिम लाइप्जिकका कोनर्ड लाइमरले ५८ औं मिनेटमा गोल गरेर टिमलाई खेलमा फर्काउन चाहे पनि सकेनन्। बरु बार्यनकै इरिक म्याक्सिम चुपोमोटिङले इन्ज्युरी समयमा स्टपेज गोल गरे।

त्यो गोलसँगै बार्यनले ४-१ गोलअन्तरले खेल जितेको हो। यो जितसँगै चार खेलबाट १० अंक बनाएको बायर्न दोस्रो स्थानमा छ। चार खेलमा सतप्रशितब जित निकालेको उल्भ्सबर्ग भने १२ अंकका साथ शीर्षस्थानमा छ। बोरुसिया डर्टमन्ड तेस्रो स्थानमा छ भने लाइप्जिक १३ औं स्थानमा छ।

प्रकाशित: Sep 12, 2021| 08:50 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।