काठमाडौं - शिक्षा मन्त्रालयले लर्निङ पोर्टल सञ्चालनमा ल्याएको छ। पोर्टलमा कक्षा १ देखि १० सम्मका विद्यार्थीले पढ्न मिल्ने सामग्री राखिएको छ।
पोर्टलमा कक्षा १ को गणित, अंग्रेजी, नेपाली, विज्ञान, कक्षा २ को गणित, अंग्रेजी, विज्ञान, नेपाली, कक्षा ३ को गणित, अंग्रेजी, नेपाली, विज्ञान, कक्षा ४ को गणित, अंग्रेजी, नेपाली, विज्ञान र कक्षा ५ देखि १० सम्म भने गणित, विज्ञान र अंग्रेजी पठन सामग्री राखिएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुल्सी थपलियाका अनुसार विद्यार्थीले पोर्टलमा गएर आफूलाई आवश्यक कक्षा र उक्त कक्षाका विषयअनुसारको सामग्री पढ्न पाउनेछन्। तर त्यस्ता विद्यार्थीमा इन्टरनेटको पहुँच हुनुपर्छ। सामग्री डाउनलोड गरेर फुर्सदमा पढ्न मिल्ने पनि केन्द्रले जनाएको छ।