सोमबार, माघ ५, २०८२

लुकाकुको बच्चैदेखिको सपना पूरा भएको रात

एस्टल भिल्लाविरुद्धको खेलमा चेल्सीका स्ट्राइकर रोमेलु लुकाकूले दुई गोल गरे।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं- एस्टल भिल्लाविरुद्धको खेलमा चेल्सीका स्ट्राइकर रोमेलु लुकाकूले दुई गोल गरे। उनले चेल्सीको घरेलु मैदान स्ट्याम्फर्ड ब्रिजमा शनिबार राति पहिलो पटक गोल गरेका हुन्।

National life

खेलको १५ औं मिनेटमा अग्रता बनाएका लुकाकूले इन्ज्युरी समयमा व्यक्तिगत दोस्रो गोल गरेका थिए। उनको पहिलो गोलका लागि मात्तेउ कोभसिच दोस्रो गोलका लागि सेसर एप्लिक्वेटाले पास उपब्ध गराएका थिए।

लुकाकूको दुई गोलसँगै भिल्लाविरुद्ध चेल्सीले ३-० गोलको जित निकालेको थियो। यो जितपछि लुकाकूले भने, ‘म ११ वर्षको हुँदादेखिको सपना थियो, यो रंगशालामा गोल गर्ने। त्योपुरा भयो। जसका लागि मैले निकै कडा मेहेनेत गरेको छु।’ उनले यसअघि तीन सिजनमा चेल्सीमा विताए पनि घरेलु रंगशालामा गोल गर्न चुकेका थिए। त्यसैले तीन सिजनमध्येका दुई सिजन उनले लोनमा नै विताए।

उनी भन्छन, ‘केरियरको सुरुमा निकै उतारचढावहरु आए तर मैले पछिल्लो तीन वर्षमा केही स्थिरता पाएको छु। यो अनुभव र कडा मेहेनतका साथ म काम गरिरहन चाहन्छु।’ यो जितसँगै प्रशिक्षक थोमस टुचेलको टिमले लिगमा अपराजित यात्रा कायम राखेको छ। ‘हो, निकै राम्रो सुरुआत भएको छ। र थाहा छ यो सिजन निकै प्रतिस्पर्धि हुनेवाला छ। एकभन्दा धेरै टिम उपाधिका लागि लागिपरेका छन्,’ उनले यो सिजनको अनुमान गरे।

लुकाकूले खेलको १५ औं मिनेटमा गोल गरेपछि जर्सीमा अंकित क्लबको ब्याजलाई चुम्दै गोल उत्सव मनाएका थिए। त्यसपछि खेलको ४९ औं मिनेटमा कोभासिचले अग्रता दोब्बर बनाए।यता इन्ज्युरी समयमा लुकाकूले नै बक्सको साइडबाट पावरफुट अट्याक गर्दै चेल्सीको सहज जित निश्चित गरे। यो जितले चेल्सीलाई अंक तालिकोको दोस्रो स्थानमा पुर्याएको छ। 

Laxmi sunrise bank
kumari

यता शीर्षस्थानमा भने समान १० अंक भएको म्यानचेस्टर युनाइटेड कायम छ। युनाइटेडले पनि शनिबार रातिको खेलमा सानदार जित निकालेको छ। यता तेस्रो स्थानको म्यानचेस्टर सिटीले शनिकार राति लेस्टरलाई उसकै घरेलु मैदानमा १-० गोलले हराएको छ। चेल्सीसँग पराजित एस्टोन भिल्ला १२ औं स्थानमा छ भने लेस्टर सिटी नवौं स्थानमा छ।

प्रकाशित: Sep 12, 2021| 07:45 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।