बुधबार, चैत ११, २०८२

कोरोना पुनः संक्रमण देखिएका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

उनीहरुको अहिले तेस्रो परीक्षणको लागि स्वाब पठाइएको छ।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

काठमाडौं– कोरोना संक्रमण मुक्त भएर एक सातापछि पुनः संक्रमण देखिएका दुईजनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको छ।

National life

रौतहटका १९ वर्षीय र ४४ वर्षीय भारतीय नागरिकमा फलोअपको दोस्रो रिपोर्ट पोजेटिभ देखिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।

उनीहरुको अहिले तेस्रो परीक्षणको लागि स्वाब पठाइएको छ।

गत चैत ३० र बैशाख १ मा कोभिड–१९ देखिएपछि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि उनीहरु बैशाख १४ मा डिस्चार्ज भएका थिए।

यसअघि उनीहरुको लगातार तीन पटकसम्म कोभिड–१९ नेगेटिभ देखिएपछि डिस्चार्ज भएका थिए। तर, बैशाख १८ मा फलोअपको लागि पुग्दा उनीहरुको पोजेटिभ रिपोर्ट आएको थियो।

Laxmi sunrise bank
kumari

अहिले उनीहरु नारायणी अस्पतालको आइसोलेसनमा छन्। दुवै स्वास्थ्य अवस्था सामान्य छ।

 

प्रकाशित: May 08, 2020| 14:31 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्