बिहीबार, भदौ १८, २०८३

सिरि ए मा युभेन्टसको अर्को पराजय

शनिबार राति रोनाल्डोको क्लब म्यानचेस्टर युनाइटेडले इंग्ल्यान्डमा सानदार जित निकाल्दा उनको इटालियन पूर्व क्लब युभेन्टसले भने हार बेहोरेको छ।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– शनिबार राति रोनाल्डोको क्लब म्यानचेस्टर युनाइटेडले इंग्ल्यान्डमा सानदार जित निकाल्दा उनको इटालियन पूर्व क्लब युभेन्टसले भने हार बेहोरेको छ।

इटालियन शीर्ष डिभजनको फुटबल सिरी ए अन्तर्गत नापोलीको मैदानमा सम्पन्न खेलमा घरेलु टिमले पाहुना युभेन्टसलाई २–१ गोलले हराएको हो।

नापोलीको जितका लागि मत्तेओ पोलिटानो र कलिदो कुलिबेलीले गोल गरे। यता खेलको १० औं मिनेटमै पाहुना टिमका अल्भेरो मोराटाले गोल गर्दै पहिलो हाफमा युभेन्टसलाई एक गोलको अग्रता दिलाएका थिए। तर उनकाे अग्रताले दाेस्रो हाफमा नापोलीले भत्काइदियो।

खेलको ५५ औं मिनेटमा पोलिटानो र ८५ औं मिनेटमा कुलिबेलीले गोल गरेर जिन निश्चित गरे। यससँगै युभेन्टसले लिगको सुरुआति तीन खेलमध्ये दुई खेलमा हार बेहोरेको छ। भने एक खेलमा बराबरी गरेको छ। एक बराबरीसँग १ अंक बनाएको युभेन्टस तालिकाको १६ औं स्थानमा छ।

सिरि ए मा युभेन्टस यसअघि इम्पोलीसँग पराजित भएको थियो। यता उसले पछिल्लो सिजनमा क्लबका सर्वाधिक गोलकर्ता रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई बेचेको थियो।

सिरी एक कै अर्को खेलमा इम्पोलीले वेनेजियासँग हार बेहोरेको छ भने एटलान्टा पनि फियोरेन्टिनासँग पराजित भएको छ।

प्रकाशित: Sep 12, 2021| 07:06 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।