शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ट्रम्पका सुरक्षाकर्मीमा देखियो कोरोना, ट्रम्पको रिपोर्ट नेगेटिभ

ट्रम्पका सुरक्षाकर्मीमा देखियो कोरोना, ट्रम्पको रिपोर्ट नेगेटिभ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोनाको संक्रमण देखिएको छ ।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोनाको संक्रमण देखिएको छ ।

National life

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भवनमा कार्यरत एक सैनिकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ।

अमेरिकी समाचार संस्था सीएननका अनुसार ट्रम्प र उनको परिवारको निकट रहेर काम गर्ने अमेरिकी सेनाका सदस्य संक्रमित भएका हुन्।

सुरक्षाकर्मीमा कोरोना देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप राष्ट्रपति माइक पेन्सको पनि परीक्षण गर्दा उनीहरुको भने रिपोर्ट नेगेटिभ आएको सीएनएनले लेखेको छ ।

ह्वाइट हाउसका प्रेस सचिव होगन गिदले भनेका छन्, 'ह्वाइट हाउस परिसरमा कार्यरत एक सैनिकमा कोरोना भाइरस पोजिटिभ पाइएको छ। यसलगत्तै राष्ट्रपति र उपराष्ट्रपतिको पनि परीक्षण गरिएको छ र उहाँहरुमा संक्रमण छैन।'

Laxmi sunrise bank
kumari

ती सैनिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि राष्ट्रपति र उपराष्ट्रपति लगायत ह्वाइट हाउसमा कार्यरत सबैको परीक्षण गरिएको थियो।

प्रकाशित: May 08, 2020| 10:10 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।