मंगलबार, असार २३, २०८३

नेयमार र मेस्सी नभएको खेलमा पीएसजीको सानदार जित

शीर्ष डिभिजनको फ्रेन्च फुटबल लिग वान अन्तर्गत शनिबार राति सम्पन्न खेलमा पीएसजीले ४–० गोलको सानदार जित निकालेको छ।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– शीर्ष डिभिजनको फ्रेन्च फुटबल लिग वान अन्तर्गत शनिबार राति सम्पन्न खेलमा पीएसजीले ४–० गोलको सानदार जित निकालेको छ। पीएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम क्लाइमन फुटमाथि सानदार जित निकालेको हो।

जितका लागि एन्डर हेर्रेराले दुई गोल गरे भने केलियन एम्बाप्पे र इड्रिसा गुएउले समान १–१ गोल गरे। राष्ट्रिय ड्युटिमका खटिएका कारण फरवार्ड नेयमार र लियोनेल मेस्सी भने पीएसजीको खेलमा अनुपस्थित थिए। त्यसबाहेक डि मारियमा पनि टिममा थिएनन्।

हेर्रेराले खेलको २० औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। उनले नै  ३१ औं मिनेटमा अग्रता दोब्बर बनाए। यससँगै पहिलो हाफमा दुई गोलले अघि रहेको पीएसजीले दोस्रो हाफमा पनि दुई गोल थप्यो।

५५ औं मिनेटमा एम्बाप्पेले गोल गरे भने ६५ औं मिनेटमा गुएउसले गोल गरे। यो फराकिलो जितसँगै पीएसजीले पाँच खेलबाट सतप्रतिसत जित निकालेको छ।

त्यसैले ऊ १५ अंकका साथ शीर्षस्थानमा छ। पराजित क्लाइमन फुट ८ अंकका साथ चौथो स्थानमा छ।

शनिबार रातिकै अर्को खेलमा मार्सेललीले मोनाकोलाई २–० गोलले हराएको छ भने लिल्ल लोरियन्टसँग् २–१ गोलले पराजित भएको छ।

प्रकाशित: Sep 12, 2021| 06:48 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।