काठमाडौं– शीर्ष डिभिजनको फ्रेन्च फुटबल लिग वान अन्तर्गत शनिबार राति सम्पन्न खेलमा पीएसजीले ४–० गोलको सानदार जित निकालेको छ। पीएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम क्लाइमन फुटमाथि सानदार जित निकालेको हो।
जितका लागि एन्डर हेर्रेराले दुई गोल गरे भने केलियन एम्बाप्पे र इड्रिसा गुएउले समान १–१ गोल गरे। राष्ट्रिय ड्युटिमका खटिएका कारण फरवार्ड नेयमार र लियोनेल मेस्सी भने पीएसजीको खेलमा अनुपस्थित थिए। त्यसबाहेक डि मारियमा पनि टिममा थिएनन्।
हेर्रेराले खेलको २० औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। उनले नै ३१ औं मिनेटमा अग्रता दोब्बर बनाए। यससँगै पहिलो हाफमा दुई गोलले अघि रहेको पीएसजीले दोस्रो हाफमा पनि दुई गोल थप्यो।
५५ औं मिनेटमा एम्बाप्पेले गोल गरे भने ६५ औं मिनेटमा गुएउसले गोल गरे। यो फराकिलो जितसँगै पीएसजीले पाँच खेलबाट सतप्रतिसत जित निकालेको छ।
त्यसैले ऊ १५ अंकका साथ शीर्षस्थानमा छ। पराजित क्लाइमन फुट ८ अंकका साथ चौथो स्थानमा छ।
शनिबार रातिकै अर्को खेलमा मार्सेललीले मोनाकोलाई २–० गोलले हराएको छ भने लिल्ल लोरियन्टसँग् २–१ गोलले पराजित भएको छ।