शनिबार, भदौ ६, २०८३

आइएमएस ग्रुपद्वारा सात हजार मास्क हस्तान्तरण

 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

आइएमएस ग्रुपले नेपाल पत्रकार महासंघलाई सात हजार थान मास्क हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको कारण सारा विश्व संकटमा छ र सामाजिक दूरीलाई बढावा दिन सरकारको निर्देशन छ ।

अझै पनि पत्रकारहरु घरबाट बाहिर निस्कि आफ्नो कार्य र कर्तव्य गर्दै देशको सेवा गर्दैछन्। विश्वव्यापी महामारीको सुरु भएदेखि नै मास्कको अभाव भएको थियो । आईएमएस ग्रुुपका अध्यक्ष दीपक मल्होत्राले कर्पोरेट सामाजिक उत्तरदायित्वको अंश पूरा गर्न मास्क प्रदान गरेको बताए ।

 

प्रकाशित: May 08, 2020| 04:59 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्