मंगलबार, असार २३, २०८३

आर्सनलले तोड्यो प्रिमियर लिगमा गोलरहित यात्रा

इंग्लिस क्लब आर्सनलले प्रिमियर लिगको नयाँ सिजनमा आफ्नो गोलरहित यात्रालाई तोडेको छ।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– इंग्लिस क्लब आर्सनलले प्रिमियर लिगको नयाँ सिजनमा आफ्नो गोलरहित यात्रालाई तोडेको छ।

शनिबार राति सम्पन्न खेलमा आर्सनलले घरेलु मैदानमा नर्विच सिटीविरुद्ध खेलको ६६ औं मिनेटमा गोल गर्दै गोल खडेरीको यात्रा सकेको हो।

मिडफिल्डर निकोलस पेपेले दिएको पासलाई सदुपयोग गर्दै कप्तान पियरे इमिरेक अबुमयाङले गोल गरेका थिए।

खेलको पहिलो हाफमा दुवैटिमबाट गोल हुन नसकेपछि खेलको दोस्रो हाफमा आर्सनलले अग्रता बनाएको हो। उनको गोलबाहेक दुवै पक्षबाट अन्या गोल हुन नसक्लब आर्सनलले १–० गोलको जित निकालेको हो।

आर्सनलले यो सिजनको सुरुआति तीनै खेलमा गोल गर्न सकेको थिएन्। उसले सुरुका तीन खेलमा ब्रेन्टफर्ड, चेल्सी र म्यानचेस्टर सिटीहार बेहोरेको थियो।

यससँगै उसले नौ गोलको सामना गरे पनि गोल गर्न असमर्थ थियो। यसकारण प्रशिक्षक माइकल आर्टेटाको आलोचना हुँदै आएको थियो।

पछिल्लो खेलमा पनि हार बेहोरेपछि आर्सनलका समर्थकले ‘तिमी कुनै विशेष होइनौँ, हामी हरेक हप्ता हारिरहेका छौं’ भन्ने नारा नै लगाएका थिए। तर यो जितसँगै प्रशिक्षकलाई भने केहि राहत मिलेको छ।

यो जितसँगै आर्सनलले तीन अंकका साथत अंकतालिकामा खाता खोलेको छ। ऊ अहिले १६ औं स्थानमा छ। पराजित नर्विच सिटी भने शून्य अंकका साथ तालिकाको पुछारमा छ।

प्रकाशित: Sep 12, 2021| 06:40 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।