शनिबार, भदौ ६, २०८३

श्रमिकलाई हटाउन पाइँदैनः मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कुनै पनि श्रमिकलाई कामबाट निकाल्न नपाइने बताएका छन्।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कुनै पनि श्रमिकलाई कामबाट निकाल्न नपाइने बताएका छन्।

मन्त्री भट्टराईले कोभिड–१९ को कारण देखाई होटल तथा पर्यटन व्यवसायबाट श्रमिकलाई निकाल्न नपाइने बताएका हुन।

उनले भने, “कुनै पनि व्यवसायीले श्रमिकलाई अहिले कामबाट निकाल्न पाइँदैन, किनभने उहाँहरुको सामाजिक सुरक्षा कोष छ साथै होटल र अन्य व्यवसायबाट प्राप्त गर्नुपर्ने विशेष सुविधा पनि छन्।”

भट्टराईले कोभिड–१९ को प्रभावलाई कम गर्न व्यवसायी र श्रमिकको हितमा पुनस्र्थापना प्याकेज ल्याउने तयारी अगाडि बढेको बताए।

उनले पर्यटन क्षेत्रको विकासका लागि आगामी वर्षको नीति तथा कार्यक्रममार्फत १० वर्षे रणनीति घोषणा गर्न लागिएकोसमेत जानकारी गराए ।

यसअघि होटल संघ नेपाल (हान)ले कर्मचारीको तलब कटौती गर्ने निर्णय गरेको थियो।

 

प्रकाशित: May 07, 2020| 19:44 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्