मंगलबार, असार २३, २०८३

हाल्यान्डको दोहोरो गोलमा बोरुसिया डर्टमन्डको जित

नर्वेजियन फरवार्ड इलिङ हाल्यान्डले दोहोरो गोल गरेससँगै जर्मन फुटबल लिग बुन्डेसलिगामा बोरुसिया डर्टमन्डले जित निकालेको छ।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं- नर्वेजियन फरवार्ड इलिङ हाल्यान्डले दोहोरो गोल गरेससँगै जर्मन फुटबल लिग बुन्डेसलिगामा बोरुसिया डर्टमन्डले जित निकालेको छ।

बायर लिभरकुसनको घरेलु मैदानमा भर्खरै सम्पन्न खेलमा पाहुना टिम डर्टमन्डले ४–३ गोलको रोमाञ्चक जित निकालेको हो।

डर्टमन्डका लागि हाल्यान्डबाहेक जुलियन ब्रेन्डिक्ट र रोपेल गुरेइरोले समान १–१ गोल गरे। यता लिभरकुसनका लागि फ्लोरियन विज, प्याट्रिक सिक र मोउसा डियबीले समान १-१ गाेल गरे।

खेलको नवौं मिनेटमा गोल गर्दै लिभरकुसनका फ्लोरियन विजले अग्रता दिलाएका थिए। तर ३७औं मिनेटमा हाल्यान्डले गोल गर्दै खेल बराबरी गरे। तर पहिलो हाफको इन्ज्युरी समयमा प्याट्रिक सिकले गोल गर्दै पहिलो हाफमा घरेलु टिमले २–१ गोलको अग्रता बनायो।

दोस्रो हाफको ४९औं मिनेटमा ब्रेन्डिक्टले गोल गरेर खेललाई बराबरीमा ल्याए पनि ५५औं मिनेटमा लिभरकुसनका मोउसा डियबीले गोल गर्दै फेरि लिभरकुसनलाई अग्रता दिलाए।

त्यसपछि डर्टमन्डले दुई गोल गरेको थियो। गुरेइरोले ७१औं मिनेटमा गोल गरे भने हाल्यान्डले ७७औं मिनेटमा गोल गर्दै नतिजालाई ४–३ बनाए।

यो जितसँगै डर्टमन्ड जर्मन लिगको दोस्रो स्थानमा उक्लिएको छ। उसले चार खेलबाट ९ अंक बनाएको छ। यता शीर्षस्थानको उल्भ्सबर्गले चार खेलमा शतप्रतिशत जित निकालेको छ। त्यस्तै, पराजित लिभरकुसन भने सात अंकका साथा पाँचौ स्थानमा छ।

प्रकाशित: Sep 11, 2021| 21:43 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।