शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना : विश्वभर २ लाख ६५ हजारको मृत्यु, अमेरिकामा एकै दिन २५ सयको ज्यान गयो

कोरोना : विश्वभर २ लाख ६५ हजारको मृत्यु, अमेरिकामा एकै दिन २५ सयको ज्यान गयो

कोरोना भाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

जेनेभा – कोरोना भाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ६ हजार ८११ जनाको मृत्यु भएको छ।
अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा झण्डै १ हजारले वृद्धि भएको हो।
युरोपेली मुलुकमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। पछिल्लो विवरणअनुसार बेलायतमा ३० हजारभन्दा बढी व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ।

National life

संयुक्त राज्य अमेरिकामा लगातार दोस्रो दिन २३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। विगत २४ घण्टामा अमेरिकामा २ हजार ५२८ जनाको ज्यान गएको छ। योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या ७४ हजार ८०९ पुगेको छ।

कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य छ। विगत २४ घण्टामा इटालीमा ३६९, स्पेनमा २४४ र फ्रान्समा २७८ जनाको ज्यान गएको छ।

 

प्रकाशित: May 07, 2020| 14:04 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।