काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले अपग्रेटेड भर्सनमा एप्लिकेसन सार्वजनिक गरेको छ।
‘ईबीएल टच २४’ एप्लिकसेनमा ग्राहकले आफ्नो टेलिफोन नम्बर दर्ता गरेर प्रयोग गर्न सक्नेछन्।
यो एपबाट ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थामा रकम पठाउन सकिने छ।
त्यस्तै, पानी, बत्ती, टेलिभिजन, इन्टरनेटलगायतको बिल तिर्न र जहाजको टिकटसमेत किन्न सकिने बैंकले जनाएको छ।
एपको सुरक्षाको लागि फिंगर प्रिन्ट र फेस रिक्गनिसन अनिवार्य गरिएको बैंकको भनाइ छ।