शनिबार, फागुन ३०, २०८२

कोरोना : युरोपमा सबैभन्दा धेरै मृत्यु बेलायतमा

 कोरोना भाइरसबाट बेलायतमा युरोपका अरु देशको तुलनामा सबैभन्दा धेरैको ज्यान गएको छ ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

National life
Laxmi sunrise bank
kumari

लन्डन- कोरोना भाइरसबाट बेलायतमा युरोपका अरु देशको तुलनामा सबैभन्दा धेरैको ज्यान गएको छ ।
बेलायतमा मृत्यु हुनेको संख्या युरोपका अन्य राष्ट्रभन्दा बढी देखिएको छ। बेलायतमा बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणले २९ हजार ४२७ जनाको मृत्यु भएको छ।
यो युरोपमा अहिलेसम्म सबैभन्दा धेरैको ज्यान गएको भनिएको इटालीभन्दा पनि धेरै हो। इटालीमा यस प्रकोपबाट ज्यान जानेको संख्या २९ हजार ३०० छ।
बुधबार दैनिक पत्रकार भेटघाटका क्रममा यहाँका विदेशमन्त्री डोमिनिक राबले बेलायतले छोटो अवधिमा यति धेरै संख्यामा बेलायती नागरिकको मृत्यु होला भन्ने नसोचेको बताए।
बेलायतमा विश्वका अन्य राष्ट्रहरुको अपेक्षा कोभिड–१९ संक्रमितको मृत्युदर पनि बढी छ । इटालीमा कोभिड–१९ को संक्रमणले हालसम्म २९ हजार ३१५ जनाको मृत्यु भएको हो। जुन बेलायतभन्दा कम छ।
बुधबार बिहानसम्म बेलायतमा कोरोना भाइरसको संक्रमितको संख्या एक लाख ९६ हजार पुगेको देखिएको छ।

प्रकाशित: May 06, 2020| 19:01 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।