मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युनाइटेबाट दोस्रो पटक 'डेब्यू' गर्दै रोनाल्डो, ओल्ड ट्राफोर्ड पुगे सयौँ समर्थक

युनाइटेबाट दोस्रो पटक 'डेब्यू' गर्दै रोनाल्डो, ओल्ड ट्राफोर्ड पुगे सयौँ समर्थक

ओले गनर सोल्सायरको प्रशिक्षणमा रहेको म्यानचेस्ट युनाइटेडले रोनाल्डोलाई अनुबन्ध गरेपछिको पहिलो खेलमा नै उनलाई मैदान उतार्ने भएको हो। युभेन्टसबाट खेलिरहेका रोनाल्डोलाई अगस्ट अन्तिममा मात्र अनुबन्ध‍ गरेको थियो।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं- '४-२-३-१'को फर्मेसनमा रहेको म्यानचेस्टर युनाइटेडले शनिबार ७:४५ (नेपाली समयअनुसार)बाट सुरु हुने खेलमा क्रिस्टियानो रोनाल्डोलाई खेलाउने भएको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा न्यु क्यासलविरुद्ध हुने खेलमा रोनाल्डोका सयौँ समर्थकसमेत उनकै जर्सी लगाएर पुगेका छन्। 

ओले गनर सोल्सायरको प्रशिक्षणमा रहेको म्यानचेस्ट युनाइटेडले रोनाल्डोलाई अनुबन्ध गरेपछिको पहिलो खेलमा नै उनलाई मैदान उतार्ने भएको हो। युभेन्टसबाट खेलिरहेका रोनाल्डोलाई अगस्ट अन्तिममा मात्र अनुबन्ध‍ गरेको थियो।

युनाइटेडले सार्वजनिक गरेको प्लेइङ सेट अनुसार रोनाल्डोसँगै मेसन ग्रिनवुड, जार्डन साञ्चो र ब्रुनो फर्नान्डेज पनि टिमको अग्रपंक्तिमा छन्।

रोनाल्डो २००९ मा युनाइटेड छोडेपछि १२ वर्षपछि इंग्ल्यान्डको क्लबमा फर्किएका हुन्। पोर्चुगिज फरवार्ड रोनाल्डोले २००३ देखि २००६ सम्म युनाइटेडबाट खेलेका थिए।

उनले युनाइटेडबाट प्रिमियर लिग र च्याम्पियन्स लिग जितिसकेका छन्।

प्रकाशित: Sep 11, 2021| 19:41 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।