काठमाडौं- '४-२-३-१'को फर्मेसनमा रहेको म्यानचेस्टर युनाइटेडले शनिबार ७:४५ (नेपाली समयअनुसार)बाट सुरु हुने खेलमा क्रिस्टियानो रोनाल्डोलाई खेलाउने भएको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा न्यु क्यासलविरुद्ध हुने खेलमा रोनाल्डोका सयौँ समर्थकसमेत उनकै जर्सी लगाएर पुगेका छन्।
ओले गनर सोल्सायरको प्रशिक्षणमा रहेको म्यानचेस्ट युनाइटेडले रोनाल्डोलाई अनुबन्ध गरेपछिको पहिलो खेलमा नै उनलाई मैदान उतार्ने भएको हो। युभेन्टसबाट खेलिरहेका रोनाल्डोलाई अगस्ट अन्तिममा मात्र अनुबन्ध गरेको थियो।
युनाइटेडले सार्वजनिक गरेको प्लेइङ सेट अनुसार रोनाल्डोसँगै मेसन ग्रिनवुड, जार्डन साञ्चो र ब्रुनो फर्नान्डेज पनि टिमको अग्रपंक्तिमा छन्।
रोनाल्डो २००९ मा युनाइटेड छोडेपछि १२ वर्षपछि इंग्ल्यान्डको क्लबमा फर्किएका हुन्। पोर्चुगिज फरवार्ड रोनाल्डोले २००३ देखि २००६ सम्म युनाइटेडबाट खेलेका थिए।
उनले युनाइटेडबाट प्रिमियर लिग र च्याम्पियन्स लिग जितिसकेका छन्।