काठमाडौं- शनिबार साँझ सम्पन्न फुटबल खेलमा घरेलु टिम क्रिस्टलले पाहुना टिम टोटेनहमलाई निकै दबाबमा राख्दै जित हासिल गरेको छ। खेलको ५८औं मिनेटमा टोटेनहम १० खेलाडीमा समेटिएपछि क्रिस्टलले पाहुना टोलिमाथि दबाब झन् बढाउँदै ३–० गोलको जित निकालेको हो।
खेल अवधिभर विपक्षीको पोस्टतर्फ दुई मात्र प्रहार गर्न सकेको टोटेनहमले आफ्नो पोस्ट वरिपरि नै बल खेलाउन बाध्य रह्यो। यससँगै प्रिमियर लिगको चौथो चरणको पहिलो खेलमा टोटेनहम क्रिस्टल प्यालेससँग पराजित भएको छ।
खेल अवधिभर गोलको १८ अवसर सिर्जना गरे पनि क्रिस्टललाई पहिलो गोलका लागि पेनाल्टीको अवसर सदुपयोग गर्नुपर्यो। खेलको ६०औं मिनेटमा मैदान छिरेका टोटेनहमका ड्याभिसले ७६औं मिनेटमा डी बक्सभित्र हातले बल रोकेपछि क्रिस्टलले पेनाल्टी पाएको थियो।
पेनाल्टीको सदुपयोग गर्दै आइभोरिकोस्टका फरवार्ड वेलफ्रेड जाहाले गोल गरे। त्यसअघि नै यल्लो कार्ड पाएका पेनाल्टी दोस्रो हाफको सुरुमै टोटेनहमका खेलाडीसँग घम्साघम्सीमा उत्रिएका थिए।
टोटेनहमका जफेट टंगाना जाहासँग ठेलाठेलको अवस्थामा रेफ्रीले टंगानालाई पहेँलो कार्ड दिएका थिए। पछि उनको मार्चिङ अर्डर गलत भएको र क्रिस्टलका अर्का फरवार्ड आयुमाथि खराब ट्याकल गरेपछि उनी डबल यल्लो कार्ड पाउँदै ५८औं मिनेटमै मैदानबाट बाहिरिएका थिए।
त्यसपछिको समयका लागि भने टोटेनहम १० खेलाडीमा समेटिएको हो। १० खेलाडीमा समेटिएको टिमविरुद्ध खेलको ८४ औं मिनेटमा जाहाको क्रसलाई ओसोन्नी एडुवर्डले डि बक्बस भित्रबाट गोलमा परिवर्तन गरे। खेलको इन्ज्युरी समयमा एडुवर्डले व्यक्तिगत दोस्रो गोल गरे।
यससँगै ईपपीएलको शीर्षस्थानमा रहेको टोटेनहमले लिगमा पहिलो हार बेहोरेको छ। यद्यपि चार खेलबाट ९ अंक जोडेको टोटेनहम ९ अंकका साथ शीर्षस्थानमा छ।
यता चार खेलबाट पाँच अंक बनाएको क्रिस्टल ११ औं स्थानमा छ।