शनिबार, भदौ ६, २०८३

करिब डेढ करोडको गाडी किन्दै पानी जहाज कार्यालय

नेपाल पानी जहाज कार्यालयले एक करोड ४३ लाख ९८ हजारको गाडी किन्ने तयारी गरेको छ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

काठमाडौं– नेपाल पानी जहाज कार्यालयले एक करोड ४३ लाख ९८ हजारको गाडी किन्ने तयारी गरेको छ।

कार्यालयले आज गाडी खरिदको कम्पनी छनोट गरिएको सार्वजनिक सूचना जारी गरेको हो।

गत फागुनमा आह्वान गरिएको बोलपत्रअनुसार सिप्रदी ट्रेडिङ प्रा. लि. छनोट भएको छ।

२०७५ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानी जहाज कार्यालय उद्घाटन गरेका थिए।

उक्त कार्यालयमा १६ कर्मचारी कार्यरत छन्।

कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दुई वर्षभित्र पानी चलाउने दाबी गरेका थिए।

प्रकाशित: May 06, 2020| 13:12 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्