शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सातै प्रदेशमा बिक्री कक्ष बनाउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सातै प्रदेशमा बिक्री कक्ष बनाउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सातवटै प्रदेशमा बिक्री कक्ष बनाउने भएको छ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सातवटै प्रदेशमा बिक्री कक्ष बनाउने भएको छ।

कम्पनीका अनुसार उपभोक्तालाई सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउन र स्वदेशी उत्पादनको उपभोग बढाउन बिक्री कक्ष देशभर बनाउन लागिएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बाली लगाउनुपूर्व नै प्रमुख बालीहरुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने जिम्मेवारी पनि खाद्य व्यवस्था कम्पनीलाई दिन लागेको छ।

१४ वैशाखमा मात्रै सरकारले कृषि उत्पादनको सहज बजारिकरणको लागि किसान र उत्पादकसँग सिधै खाद्यान्न किन्ने निर्णय गरेको थियो।

आपूर्ति व्यवस्थालाई सहज बनाउन कृषिको भण्डारण कक्ष पनि बनाउने तयारी गरिएको छ।

भण्डारण गरिएको सामग्री खाद्य व्यवस्था कम्पनी, साल्ट ट्रेडिङ र सहकारी पसलमार्फत् उपभोक्तासम्म पु¥याउने सरकारी योजना छ।

प्रकाशित: May 06, 2020| 12:05 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्