मंगलबार, असार २३, २०८३

विश्व बक्सिङ च्याम्पियनसिपका लागि खेलाडी छनोट हुँदै

नेपाल बक्सिङ संघले आज सूचना जारी गर्दै छनोटबारे जानकारी दिएको हो। अब नेपाली खेलाडीको छनोट खेल आगामी असोजको १ गतेदेखि ३ गतेसम्म सातदोबाटोमा हुनेछ।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं- नेपाल बक्सिङ संघले आगामी अक्टोबरमा हुने विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट प्रतियोगिता गर्ने भएको छ।

नेपाल बक्सिङ संघले सूचना जारी गर्दै छनोटबारे जानकारी दिएको हो। अब नेपाली खेलाडीको छनोट खेल आगामी असोजको १ गतेदेखि ३ गतेसम्म सातदोबाटोमा हुनेछ।

छनोट खेलका लागि बक्सिङ संघले विभिन्न नियम सार्वजनिक गरेको छ। छनौट प्रतियोगिता एआइबिएको नियमअनुसार खेलाइने संघले बताएको छ।

सहभागी खेलाडीले खेलाडी ड्रेस र अन्य आवश्यक सामग्री ल्याउन पर्नेछ भने सहभागी हुनेले यातायात र बसोबासको सबै खर्च बेहोर्नु पर्नेछ। यता सहभागी खेलाडीहरुले ४८ घण्टा अगाडिको कोभिड १९ नेगेटिभ रिपोर्ट साथ आउन पर्नेछ।

छनोट प्रतियोगिताको लागि संघका सदस्य मान बहादुर भण्डारीको संयोजकत्वमा ५ सदस्यीय छनोट समिति गठन भएको छ। जसमा राष्ट्रिय खेलकुद परिषद अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको प्रतिनिधि – १ जना, राष्ट्रिय टिम तयारी समिति प्रतिनिधि – १ जना, बक्सिङ्ग प्रमुख प्रशिक्षक – १ जना र नेपाल बक्सिङ संघ टेक्निकल संयोजक– १ जना, सदस्यको रुपमा रहने छन्।

प्रकाशित: Sep 11, 2021| 19:18 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।