शनिबार, भदौ ६, २०८३

खेर जान थाल्यो विद्युत्

सामान्य अवस्थाको पिक आवरमा एक हजार १ सय मेगावाट माग हुने गरेकोमा अहिले ७ सय मेगावाट हाराहारीमा झरेपछि विद्युत खेर गएको हो।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

काठमाडौं– लकडाउनले आर्थिक गतिविधि ठप्प भएपछि विद्युतको माग घटेको छ।

सामान्य अवस्थाको पिक आवरमा एक हजार १ सय मेगावाट माग हुने गरेकोमा अहिले ७ सय मेगावाट हाराहारीमा झरेपछि विद्युत खेर गएको हो।

प्राधिकरणका अनुसार उत्पादित विद्युत खेर जान थालेपछि विभिन्न आयोजना कम क्षमतामा सञ्चालन गरिएका छन्।

यो वर्ष पानी परिरहेको कारण अहिले निजी क्षेत्रका आयोजनाले मात्रै पाँच सय मेगावाट विद्युत उत्पादन क्षमता राख्छन्। तर, माग घटेपछि निजी आयोजनाबाट तीन सय मेगावाट मात्र उत्पादन भइरहेको छ।

२०७५ माघमा नेपाल–भारतबीच ‘इनर्जी बैंकिङ’मा जाने सहमति भएको थियो।

नेपालमा आवश्यकभन्दा बढी विद्युत् उत्पादन हुँदा भारत पठाउने र आवश्यक पर्दा ल्याउने ‘इनर्जी बैंकिङ’ अवधारणाले दुवै देशको विद्युत् मागलाई सन्तुलित बनाउने भन्दै संयुक्त रूपमा प्रस्ताव तयार पनि भएको छ।

तर, कार्यान्वयनमा ढिलाइ भएका कारण विद्युत खेर जाने अवस्था आएको छ।

 

प्रकाशित: May 06, 2020| 09:01 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्