शनिबार, भदौ ६, २०८३

नेपाल एसबीआई बैंकको एक करोड सहयोग

 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

काठमाडौं । नेपाल एसबीआई बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड सहयोग गरेको छ ।

बैंक सञ्चालक समितिको निर्णयअनुसार केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि बैैंकका तर्फबाट बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागरले ५० लाखको चेक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरे ।

यसका साथै बैंकले प्रत्येक प्रदेश सरकारलाई ५ लाखको चेक हस्तान्तरण गरिसकेको जनाएको छ । साथै १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।

प्रकाशित: May 06, 2020| 07:38 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्