शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गभर्नरको सम्पत्ति : २७ आनामा बनेको घर, करोड बढीको सेयर

गभर्नरको सम्पत्ति : २७ आनामा बनेको घर, करोड बढीको सेयर

उनीसँग टोयोटा कार, २७ तोला सुन, ५० तोला चाँदी, १४ लाख नगद र दुईवटा मोटरसाइकल छन्।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

अधिकारीले सार्वजनिक गरेको विवरणअनुसार उनीसँग ललितपुरको भैंसेपाटीमा २७ आना जग्गामा बनेको २२ सय वर्गफिटको घर छ।

त्यस्तै, झापाको सुरुगांमा तीन बिघा, ललितपुरको छम्पीमा १० रोपनी, मकवानपुरको हेटौंडामा २ कठ्ठालगायत स्थानमा जग्गा छ।

उनीसँग टोयोटा कार, २७ तोला सुन, ५० तोला चाँदी, १४ लाख नगद र दुईवटा मोटरसाइकल छन्।

अधिकारी र उनको परिवारको नाममा विभिन्न बैंक र जलविद्युत कम्पनीमा करिब ८० हजार कित्ता सेयर छ।

सम्पत्ति विवरणमा पैत्रिक सम्पत्ति, आफ्नो आम्दानी, विवाहमा दाइजोलगायतबाट जोडेको अधिकारीले जनाएका छन्।

प्रकाशित: May 05, 2020| 16:32 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्