आइतबार, वैशाख ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मास्क कालोबजारी गर्ने कैलालीको फार्मेसीलाई दुई लाख जरिवाना

मास्क कालोबजारी गर्ने कैलालीको फार्मेसीलाई दुई लाख जरिवाना

मास्कको कालोबजारी गर्ने कैलालीको अत्तरियामा रहेको हिमाल फार्मेसीलाई दुई लाख जरिवाना गरिएको छ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

धनगढी– मास्कको कालोबजारी गर्ने कैलालीको अत्तरियामा रहेको हिमाल फार्मेसीलाई दुई लाख जरिवाना गरिएको छ।

National life

संयुक्त बजार अनुगमनका क्रममा फार्मेसीले मास्कमा तोकिएको भन्दा बढी मूल्य असुलेर बिक्री वितरण गरेको पाइएकाले दुई लाख जरिवाना गरिएको आपूर्ति वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय, धनगढीका प्रमुख कमलबहादुर पुनमगरले बताए।

उनले फार्मेसीले मास्कमा तोकिएभन्दा ४७ प्रतिशत बढी मूल्य असुलेको पाइएपछि जरिवाना गरिएको बताए।

त्यस्तै, अनुगमनका क्रममा म्याद सकिएका विभिन्न औषधीजन्य वस्तु बिक्री गर्ने धनगढीमा रहेको सरोज मेडिकललाई पनि कारवाही गरिएको छ।

धनगढी–३, चौराहामा रहेको सरोज मेडिकल हलबाट म्याद सकिएका विभिन्न औषधीजन्य वस्तु जफत गर्दै २० हजार रूपैयाँ जरिवाना तोकिएको छ।
उपभोक्ता संरक्षण ऐन २०७५ दफा ३८ क बमोजिम जरिवाना तोकिएको पुनमगरले जानकारी दिए।

kumari

प्रकाशित: May 04, 2020| 20:56 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।