काठमाडौं- स्टार होटलहरुको छाता संगठन होटल एसोसिएसन अफ नेपाल (हान) ले असोजसम्म तारे होटलहरु बन्द गर्ने निर्णय गरेको छ।
कोरोना भाइरस संक्रमणका कारण पर्यटकको चहलपहल हुने अवस्था नभएको भन्दै संघको बैठकले तारे होटल बन्द गर्ने निर्णय गरेको हो।
यसैगरी संघले बन्द अवधिमा मजदुरलाई आधारभूत तलबको साढे १२ प्रतिशतका दरले मात्रै भुुक्तानी दिने निर्णय गरेको छ। यस निर्णयमा होटलले श्रमिक युनियन असहमत भएमा श्रम ऐनअनुसार प्रक्रिया पुर्याएर आंशिक वा पूर्ण रूपमा कर्मचारी कटौती गर्ने चेतावनी संघले दिएको छ।
संघले सरकारलाई जब रिटेन्सन फन्ड स्थापना गरी होटल कर्मचारीलाई राहत दिन माग गरेको छ।