सोमबार, माघ ५, २०८२

झापा फुटबल क्लबविरुद्ध एमयुएफसी विजयी

सहिद मेमोरियल सी डिभिजन छनौट खेलमा झापा फुटबल क्लबविरुद्ध एमयुएफसी विजयचोक युवा क्लबले जित हासिल गरेको छ।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं- सहिद स्मारक 'सी' डिभिजन छनौट खेलमा झापा फुटबल क्लबविरुद्ध एमयुएफसी विजयचोक युवा क्लबले जित हासिल गरेको छ। शुक्रबार एन्फा कम्प्लेक्समा भएको खेलमा ७५औँ मिनेटमा एमयुएफसीका सञ्जीव विष्टले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। 

National life

यसपछि कुनै पनि टिमले खेल अवधिमा गोल गर्न नसकेपछि एमयुएफसी ०-१ ले विजयी घोषित भएको थियो। खेलमा एमयुएफसीकै गोलकिपर राजीव लामा 'म्यान अफ द म्याच' घोषित भए। 

यसअघि बुधबार भएको खेलमा एमयुएफसीले साथी समूहलाई पराजित गरेको थियो। दुवै खेलमा अपराजित एमयुएफसी छनौट खेलको समूह 'एल'मा छ। छनौटमा ७८ टिमको सहभागिता छ।

म्यान्चेस्टर युनाइटेड फुटबल क्लबका नेपाली फ्यानले एमयुएफसी विजयचोक युवा क्लब बनाएका हुन्। क्लबले पहिलो पटक सी डिभिजन छनौट खेलिरहेको हो। 

प्रकाशित: Sep 11, 2021| 17:41 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।