मंगलबार, असार २३, २०८३

थ्री बाई थ्री बास्केटबलमा लिम्पिया र गोकर्णेश्वरलाई उपाधि

लिम्पिया र गोकर्णेश्वरले प्रथम स्कलर्स एसईई एपियर्ड थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। ब्वाइजतर्फ लिम्पिया र गर्ल्सतर्फ गोकर्णेश्वर टिम च्याम्पियन बनेका हुन्।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं- लिम्पिया र गोकर्णेश्वरले प्रथम स्कलर्स एसईई एपियर्ड थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। ब्वाइजतर्फ लिम्पिया र गर्ल्सतर्फ गोकर्णेश्वर टिम च्याम्पियन बनेका हुन्।

सामाखुशीस्थित आयोजक स्कलर्स होम एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा लिम्पियाले नेरिक एकेडेमीलाई २०–१८ ले पराजित गर्‍यो। लिम्पियाको जितमा संगम तामाङले ९ अंक जोडे। लिम्पियाका विवेक यादव ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। विजेताले ७ हजार र उपविजेताले ४ हजार नगद पुरस्कार प्राप्त गरे।

गर्ल्सको उपाधि भिडन्तमा गोकर्णेश्वरले न्यु मिलिनियमलाई १०–९ ले हरायो। गोकर्णेश्वरका विनामणि योञ्जनले ६ स्कोर गरिन्। उनी नै ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिइन्। लिम्पियाले ५ हजार तथा गोकर्णेश्वरले ३ हजार नगद पुरस्कार पाए।

प्रतियोगितामा ब्वाइजतर्फ २८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। लिग कम नकआउट आधारमा भएको गल्र्सको प्रतिस्पर्धामा ९ टिम सहभागी थिए।

प्रकाशित: Sep 11, 2021| 17:29 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।