शनिबार, भदौ ६, २०८३

नेपाल लाइफ इन्स्योरेन्स २० औं वर्षमा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २० औँ वर्ष प्रवेशको उपलक्ष्यमा आफ्ना कर्मचारीहरुको तर्फबाट आठ लाख ४७ हजार ५०० बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरेको छ ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २० औँ वर्ष प्रवेशको उपलक्ष्यमा आफ्ना कर्मचारीहरुको तर्फबाट आठ लाख ४७ हजार ५०० बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरेको छ ।

उक्त सहयोग सातै प्रदेशका विभिन्न स्थानमा रहेका असहाय महिला, वृद्धवृद्धा तथा अनाथ बालकालिकालाई प्रदान गरेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफका सम्बन्धित प्रदेशका क्षेत्रीय प्रमुखको नेतृत्वमा कर्मचारीहरुले उक्त सहयोग गरेको कम्पनीले आइतार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल लाइफ विसं २०५८ वैशाख २१ गते स्थापना भई बीमित, सेवाग्राहीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले यसअघि नै कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रु एक करोड रकम सहयोग गरेको थियो ।

हाल नेपाल लाइफले जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाइ बजार हिस्सा ओगटेको छ । बिस वर्ष प्रवेश गर्दा नेपाल लाइफको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु पाँच अर्ब ५० करोड रहेको छ भने लगानी रु ८६ अर्ब ३३ करोड रहेको छ । त्यस्तै कम्पनीको जीवन बीमा कोष रु ८२ अर्ब र शेयरधनी कोष रु आठ अर्ब ६० करोडभन्दा बढी रहेको छ ।
रासस

प्रकाशित: May 04, 2020| 07:33 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्