मंगलबार, असार २३, २०८३

पारा ओलम्पियन पलेसासहितका खेलाडी सम्मानित

काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन सम्मान गरेको छ।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं- काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनसहितका खेलाडीलाई सम्मान गरेको छ। संघले शनिबार १० हजार नगदसहित पलेसालाई सम्मान गरेको हो।

संघका उपाध्यक्ष महर्जनले व्यक्तिगत रुपमा पलेसालाई नगद १ लाखसहित सम्मान गर्ने प्रतिबद्धता जनाएका छन्। त्यस्तै, नेपाली पारालिम्पिक टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ। 

कार्यक्रममा काठमाडौं जिल्ला तेक्वान्दो संघमा मनोनित उपाध्यक्ष राजेन्द्र पुजारी, सह–सचिव मनोजकुमार शाह तथा सदस्य घनश्याम कार्की, सानुबाबु महर्जन, दशरत्न शाही र लालबहादुर मगरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो।

हालै सम्पन्न १०औं कोरियन एम्बासडर भर्चुअल राष्ट्रिय पुम्से प्रतियोगिताको आ–आफ्नो विधामा उत्कृष्ट घोषित काठमाडौंका खेलाडी मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङ र मधुसुदन सापकोटा, काटेश्वर तेक्वान्दो डोजाङकी सन्ध्या लामा तथा स्युचाटार तेक्वान्दो डोजाङका राम गोले र लक्ष्मण गोलेलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो। 

प्रकाशित: Sep 11, 2021| 17:18 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।