काठमाडौं– निजी उद्योगी/व्यवसायीको दुई ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले ५० प्रतिशतभन्दा बढी तलब भुक्तानी गर्न नसकिने बताएका छन्।
दुई संस्थाले आज प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनका कारण उद्योग व्यवसाय ठप्प भएकोले पारिश्रमिक उपलब्ध गराउन नसक्ने बताएका हुन्।
यस अघि सरकारले चैत महिनाको पुरा तलब दिन निजी क्षेत्रलाई निर्देशन दिएको थियो।
विज्ञप्तिमा सरकारले आफ्नो निर्णयको पुनरावलोकन गर्न पनि माग गरिएको छ।