बुधबार, चैत ११, २०८२

विद्यालय परीक्षा लकडाउन खुलेको तीन सातापछि गर्ने तयारी

१७ बैशाखमा बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सोही केन्द्रको समन्वयमा सञ्चालन हुनेगरी उपकेन्द्र तोक्न जिल्ला परीक्षा समन्वय समितिलाई परिपत्र गरेको छ।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन खुलेको तीन सातापछि माध्यमिक शिक्षा परीक्षा (एसईई)लगायत स्थगित अन्य तहको परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ।

National life

६ चैतदेखि तय भएकाे एसईई अघिल्लो दिन मात्रै स्थगित गरिएको थियो। सोही दिनदेखि मुलुकभर शैक्षिक गतिविधि ठप्प छन्।

११ चैतदेखि देशभर लकडाउन गरिएको छ। अहिले देशभरका २५० विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग भइरहेको मन्त्रालयले जनाएको छ। त्यसैले लकडाउन खुलेपनि तत्काल शैक्षिक गतिविधि सञ्चालन हुन सक्ने अवस्था छैन।

शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि अधिकारीको संयोजकत्वमा स्थगित परीक्षा सञ्चालन गर्न सकिने अवस्था र वैकल्पिक पठनपाठनको माध्यमबारे अध्ययन गर्न कार्यदल बनाएको थियो।

कार्यदलले बिहीबार शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ। २५ वैशाखमा देशभर लकडाउन खुल्यो भने जेठ अन्तिम साता परीक्षा गर्न सकिने सिफारिस प्रतिवेदनमा उल्लेख गरिएको छ।

Laxmi sunrise bank
kumari

अधिकारीले नेपाल समयसँग भने, “लकडाउन जहिले खुले पनि त्यसको तीन सातापछि मात्रै परीक्षा सञ्चालन गर्न सकिन्छ।”

१७ वैशाखमा बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सोही केन्द्रको समन्वयमा सञ्चालन हुनेगरी उपकेन्द्र तोक्न जिल्ला परीक्षा समन्वय समितिलाई परिपत्र गरेको छ।

बैठकले उपकेन्द्र हुन कम्तीमा ५० विद्यार्थी, घरपायक, सवारीसाधनमार्फत कम्तीमा १ घण्टाको दूरी, हेल्थ डेस्कलगायत हुनुपर्ने मापदण्ड तोकेको छ।

त्यसैगरी आगामी शैक्षिक सत्रको विद्यालय भर्ना प्रक्रिया लकडाउन खुलेको दोस्रो हप्तापछि सुरु हुनेछ।

शिक्षा मन्त्रालयले स्रोतसाधन भएका विद्यालयले अनलाइनबाट र अन्य विद्यालयले पनि समाजिक दूरी कायम गर्दै जति सक्यो छिटो नतिजा प्रकाशन गरिदिन आग्रह गरेको छ।

सम्भव नहुने विद्यालयले भने लकडाउन खुलेको पहिलो हप्तामा नतिजा प्रकाशन गर्नुपर्नेछ।

 

प्रकाशित: May 02, 2020| 14:19 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्