बुधबार, चैत ११, २०८२

कोरोनाको आशंकामा देशभर ९४ जना आइसोलेसनमा

नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत् १२ हजार ५ सय ७७ जनाको कोरोना परीक्षण भएको छ । त्यसैगरी आरडीटीमार्फत् ४७ हजार ७ सय ९७ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत् १२ हजार ५ सय ७७ जनाको कोरोना परीक्षण भएको छ । त्यसैगरी आरडीटीमार्फत् ४७ हजार ७ सय ९७ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

National life

मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरी दुवै विधिबाट अहिलेसम्म ६० हजार ३ सय ७४ जनाको परिक्षण गरिएको बताए।

परीक्षण गरिएकामध्ये अहिलेसम्म ५९ जनामा मात्र संक्रमण देखिएको छ भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै कोरोनाको शंकास्पद ९४ जना आइसोलेसनमा रहेका छन् । जसमा उपत्यका बाहिर ८९ र काठमाडाँैंमा ५ जना छन् । आज देशभर २४ हजार ९ सय ७ जना क्वारेन्टाइनमा रहेका छन् ।

संक्रमितमध्ये विराटनगरमा ३१, वीरगञ्जमा ८, भरतपुरमा १ र धनगढीमा एकजनाको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

आज नेपालगञ्जको बाँके र रुपन्देहीमा कोरोना पोजेटिभ देखिएका दुई संक्रमितलाई अस्पताल लगिँदैछ । मन्त्रालयका अनुसार नेपालगञ्जका ६० वर्षका पुरुषलाई शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र रुपन्देहीका २५ वर्षका पुरुषलाई रुपन्देही कोरोना विशेष अस्पतालमा उपचारको लागि लगिँदै छ।

Laxmi sunrise bank
kumari

नेपालगञ्जका ६० वर्षका पुरुषको स्वाब भेरी अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो भने रुपन्देहीका युवाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा परीक्षण गरिएको थियो ।

 

प्रकाशित: May 01, 2020| 17:02 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्