शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विश्वभरका वायुसेवा कम्पनीमा तीन खर्ब १४ अर्ब डलर क्षति

विश्वभरका वायुसेवा कम्पनीमा तीन खर्ब १४ अर्ब डलर क्षति

अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आइटा) का अनुसार गत वर्षको तुलनामा सन् २०२० को तीन महिनामा वायुसेवा कम्पनीले गर्ने आम्दानीमा ५२.९ प्रतिशतले गिरावट आएको छ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

काठमाडौं– विश्वभर कोभिड–१९ को संक्रमण र लकडाउनका कारण अन्तर्राष्ट्रिय हवाई उद्योगमा तीन खर्ब १४ अर्ब डलर बराबरको क्षति भएको छ।

अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आइटा) का अनुसार गत वर्षको तुलनामा सन् २०२० को तीन महिनामा वायुसेवा कम्पनीले गर्ने आम्दानीमा ५२.९ प्रतिशतले गिरावट आएको छ।

आइटाका अनुसार अन्तर्राष्ट्रिय उडानको सिट अकुपेन्सी ३६.२ प्रतिशतले ओरालो लागेको छ।

गत वर्षको मार्च महिनाको तुलनामा यो वर्ष हवाई यात्रु ५६ प्रतिशतले घटेका छन्। त्यस्तै लोड फ्याक्टरमा ६३ प्रतिशतले ओरालो लागेको छ।

आइटाका महानिर्देशक एलेक्जेन्डर दि जुनेइकलले अहिलेको समयलाई उड्डयन क्षेत्रको प्रकोप भनेका छन्।

एसिया प्रशान्त क्षेत्रका वायुसेवा कम्पनीको ट्राफिक दर ६५.५ प्रतिशतले घटेको छ । त्यसैगरी युरोपेली मुलकमा ५४.३ प्रतिशतले गिरावट आएको छ ।

प्रकाशित: Apr 30, 2020| 15:46 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्