सोमबार, वैशाख २८, २०८३

अमेरिकामा भियतनाम युद्ध बिर्सायो कोरोनाले

अमेरिकामा भियतनाम युद्धमा भन्दा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढेको छ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

अमेरिकामा भियतनाम युद्धमा भन्दा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढेको छ।

National life

सन् १९५५ देखि दुई दशकसम्म चलेको अमेरिका भियतनाम युद्धमा ५८ हजार २२० जना अमेरिकीले ज्यान गुमाएका थिए। अहिले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ।

भियतनाम युद्ध अमेरिकाको इतिहासमा एउटा त्रासदी हो। तर तीन महिनादेखि अमेरिकालाई कोरोना भाइरसले दैनिक दिइरहेको पीडा त्योभन्दा भयानक छ।

कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ। यो संख्या अझै बढ्ने निश्चित छ। मृतकको संख्या पनि बढिरहेको छ।
राजधानी न्युयोर्क नै कोरोनाको केन्द्र बनेको छ।

३० प्रतिशत संक्रमितको संख्या न्युयोर्कमै रहेको बताइएको छ। न्युजर्सी, मासाचुसेट्स, क्यालिफोर्निया, पेन्सिलभेनिया राज्य पनि कोरोनाबाट ज्यादै प्रभावित छन्।

महामारीका कारण गरिएको लकडाउनका कारण अमेरिकामा बेरोजगारीको संख्या निकै बढेको छ। पछिल्लो पाँच सातामा बेरोजगारी भत्ता लिनेको संख्या बढेर २ करोड ६५ लाख पुगेको बताइएको छ।

ट्रम्प प्रशासनले आगामी महिनाको अन्त्यमा बेरोजगारी दर १६ प्रतिशत बढ्ने अनुमान गरेको छ। ह्वाइट हाउसका वरिष्ठ आर्थिक सल्लाहकार केबिन हैसेटले कोरोना भाइरसका कारण देशले ठूलो क्षति व्यहोरिरहे पनि अर्थ व्यवस्था चाँडै नै सुदृढ हुने दाबी गरेका छन्। रोयटर्स 

प्रकाशित: Apr 30, 2020| 14:53 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।