मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • मलाई दोस्रोपटक राष्ट्रपति हुन नदिन चीनले जेपनि गर्नसक्छ : ट्रम्प

मलाई दोस्रोपटक राष्ट्रपति हुन नदिन चीनले जेपनि गर्नसक्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू दोस्रोपटक राष्ट्रपति नहोस् भन्ने चीनले चाहेको बताएका छन्।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू दोस्रोपटक राष्ट्रपति नहोस् भन्ने चीनले चाहेको बताएका छन्।

समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्। कोरोना भाइरस महामारीलाई चीनले जसरी व्यवस्थापन गरिरहेको छ, त्यही नै यसको प्रमाण भएको उनले बताएका छन्।

डेमोक्र्याटिक पार्टीका जो बाइडेन राष्ट्रपति होउन् भन्ने चाहना चीनको रहेको उनको भनाइ छ।

आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचनमा आफूलाई रोक्न चीनले जे पनि गर्न सक्ने ट्रम्पले बताएका छन्। कोरोना भाइरसलाई लिएर ट्रम्पले चीनलाई विभिन्न आरोप लगाउँदै आएका छन्।

कोरोनाबाट अमेरिकामा ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने १० लाखभन्दा बढी संक्रमित छन्। अमेरिकामा बेरोजगारी ऐतिहासिक रुपमा बढेको छ भने अर्थव्यवस्था नाजुक अवस्थामा पुगेको छ।

कोरोनाको क्षतिलाई लिएर ट्रम्पमाथि विभिन्न प्रश्नहरु उठिरहेका छन्। यस महामारीलाई लिएर उनी गम्भीर नभएको र बेलैमा सक्रियता नदेखाएको टिप्पणी भइरहेको छ। ट्रम्पले भने चीन बेलैमा गम्भीर र सक्रिय नभएको आरोप लगाइरहेका छन्।

बीबीसी

प्रकाशित: Apr 30, 2020| 09:31 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।