मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण कोरियामा निर्माणाधीन भवनमा भीषण आगलागी, ३८ जनाको मृत्यु

दक्षिण कोरियामा निर्माणाधीन भवनमा भीषण आगलागी, ३८ जनाको मृत्यु

दक्षिण कोरियामा निर्माणाधीन भवनमा अकस्मात भएको आगलागीमा परि ३८ जनाको मृत्यु भएको छ ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

काठमाडौं- दक्षिण कोरियामा निर्माणाधीन भवनमा अकस्मात् भएको आगलागीमा परी ३८ जनाको मृत्यु भएको छ।

राजधानी सियोलबाट दक्षिणमा पर्ने इचिओन सहरको निर्माणाधीन भवनमा प्रज्वलनशील सामग्री विस्फोट हुँदा ३८ जनाको मृत्यु भएको हाे।

घटनामा १० जना गम्भीर घाइते भएका छन्। अझै एक जना हराइरहेको कोरियाली अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

७८ जनाले काम गरिरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान छ। ज्यान गुमाउने काेरियाली नागरिक हुन् वा विदेशी कामदार हुन् भन्नेमा केही खुलेकाे छैन।

प्रकाशित: Apr 30, 2020| 08:07 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।