मंगलबार, भदौ ९, २०८३

सोसल मिडियामा सक्रिय ऋषि कपूर अस्पताल भर्ना

बलिउड अभिनेताको स्वास्थ्यमा समस्या आएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ। उनका दाइ रणधीर कपूरले यो जानकारी दिएका हुन्।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

बलिउड अभिनेताको स्वास्थ्यमा समस्या आएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ। उनका दाइ रणधीर कपूरले यो जानकारी दिएका हुन्।

६७ वर्षीय ऋषि बुधबार (हिजो) बिहानै अस्पताल भर्ना भएका हुन्। क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

अमेरिकामा करिब १ वर्ष उपचार गराएर ऋषि गत सेप्टेम्बरमा स्वदेश फर्किएका थिए। गएको फेब्रुअरीमा पनि उनी दुईपटक अस्पताल भर्ना भएका थिए।

सोसल मिडियामा निकै सक्रिय रहने ऋषिले अप्रिल दुई तारिखपछि केही पोस्ट गरेका छैनन्। आफ्नो एउटा पोस्टमा उनले दीपिका पादुकोणका साथ आउन लागेको आफ्नो फिल्मको बारेमा उल्लेख गरेका थिए।

बीबीसी

प्रकाशित: Apr 30, 2020| 06:55 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।