एजेन्सी– इंग्लिस क्लब वाटफोर्डले २१ वर्षे फ्रेन्च मिडफिल्डर पापे ग्वेएलाई क्लबमा आनुबन्धन गरको छ। उसले मे १ बाट लागू हुने गरि पाँच वर्षका लागि मिडफिल्डरलाई अनुबन्धन गरेको हो।
ली हाब्रेसँगको उनको सम्झौता आउँदो समरमा सकिँदै छ। तर फ्रान्समा मंगलबार नै दोस्रो डिभिजन लिग रद्द भएको घोषणा गरिसकिएको छ। फ्रान्सका प्रधानमन्त्रीले आउँदो सेप्टेम्बरसम्म खेल नगराउने निर्देशन दिएपछि लिग १ र लिग २ रद्द भएका थिए।
अनुबन्धनबारे वाटफोर्डले भनेको छ, ‘फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडीका लागि आधिकारिक अग्रसम्झौता भइसकेको छ।’
कोरोना भाइरसले लिग स्थगित हुनु अघि वाटफोर्डले गत ७ मार्चमा पछिल्लो खेल खेलेको थियो। खेलपछि ऊ रेलिगेसन जोनभन्दा एक स्थान माथि रहेको छ। गोल अन्तरका आधारमा वाटफोर्ड रेलिगेसनभन्दा एक स्थान माथी परेको हो।