आइतबार, असोज २५, २०८३

नेपाललाई सहयोग बढाउने एडीबीको प्रतिबद्धता

एसियाली विकास बैंक (एडीबी)ले कोभिड–१९ का कारण परेको असरबाट जोगाउन नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ । साथै बैंकले थप लगानी बढाउने पनि जनाएको छ ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

एसियाली विकास बैंक (एडीबी)ले कोभिड–१९ का कारण परेको असरबाट जोगाउन नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ । साथै बैंकले थप लगानी बढाउने पनि जनाएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडा र बैंकका अध्यक्ष मासाचुगु आसाकावाबीच बुधबार भएको टेलिफोन वार्तामा सहयोग र लगानी बढाउने प्रतिबद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ ।
वार्तामा अर्थमन्त्री खतिवडाले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबाट ठूलो संक्रमण हुन नपाएको जानकारी दिँदै महामारीको असरलाई सम्बोधन गर्न एडीबीले अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्रीहरु र २५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्रदान गर्न लागेकोमा धन्यवाद व्यक्त गरे ।

उनले संघीय संरचनाका सबै संस्थाहरु बलियो बनाउनुका अतिरिक्त स्थानीय पूर्वाधार विकासमा लगानी बढाउनु पर्ने कुरामा जोड दिए । यस्तै स्थानीय तहहरु बीच अन्तरआवद्धता बढाउन चाहिने पूर्वाधार विकासमा बैंकबाट सहयोग हुने अपेक्षा गरे ।

नेपालको स्वास्थ्य पूर्वाधार विकासमा बैंकको थप सहयोगको अपेक्षा गर्नुका साथै कोरोना संक्रमणबाट वैदेशिक रोजगारीका अवसरहरु खुम्चिँदै जाँदा युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन आधुनिक एवम् व्यावसायिक कृषि र स्थानीय पूर्वाधार एवम् ग्रामीण वित्त व्यवस्था विस्तारमा लगानी गर्नुपर्ने आवश्यकता रहेकोले यी क्षेत्रमा सहायता बढाउन आग्रह गरे ।

बैंकका अध्यक्ष आसाकावाले कोभिड–१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गर्दै चुनौतीपूर्ण परिस्थितिलाई सम्बोधन गर्न सहुलियतपूर्ण ऋण एवम् निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासका लागि बैंकले सहयोगलाई बढोत्तरी गर्दै जाने बताउँदै आगामी दिनमा बैंकले ऊर्जा, यातायात, नागरिक उड्डयन, संघीयतामा सेवा प्रवाह जस्ता क्षेत्रमा थप लगानी गर्ने वताएको अर्थ मन्त्रालयद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित: Apr 29, 2020| 19:09 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्