सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा कोरोनाबाट एकै दिनमा ७० जनाको मृत्यु, संक्रमितको संख्या ३१ हजार नाघ्यो

भारतमा कोरोनाबाट एकै दिनमा ७० जनाको मृत्यु, संक्रमितको संख्या ३१ हजार नाघ्यो

तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा मंगलबार एकै दिनमा ७० जनाको मृत्यु भएको छ ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा मंगलबार एकै दिनमा ७० जनाको मृत्यु भएको छ ।

National life

भारतमा कोरोनाबाट एकै दिनमा ज्यान गुमाउनेको संख्या यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । वैशाख १४ गते आइतबार एकै दिनमा ६० जनाको मृत्यु भएको थियो । त्यो रेकर्ड तोड्दै मंगलबार ७० जनाको मृत्यु भएको दैनिक भास्कर अनलाइनले जनाएको छ ।

उसका अनुसार मंगलबार मात्रै कोरोनाबाट महाराष्ट्रमा ३१ र अहमदावादमा १९ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म कोरोनाबाट १ हजार ११ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाबाट ज्यान गुमाएकामध्ये सबैभन्दा धेरै महाराष्ट्रमा रहेका छन् । जहाँ ४०० जनाको मृत्यु भएको छ ।

यस्तै गुजरातमा १८१, मध्यप्रदेशमा १२०, दिल्लीमा ५४, राजस्थानमा ५२, उत्तर प्रदेशमा ३४, आन्ध्र प्रदेशमा ३१, तेलंगानामा २६, तमिलनाडुमा २५ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगाल २२, कर्नाटक २०, पंजाव १९, जम्मू कास्मिर ८, हरियाणा ५, केरला ३, झारखण्ड ३, बिहार २, हिमाञ्चल २, आसाम १, मेघालय १, ओडिसा १ र पुडुचेरी १ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै भारतमा कोरोनाबाट ३१ हजार ३ सय २४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा पछिल्लो एक सातामा दिनहुँ १५ सय भन्दा बढि नयाँ संक्रमित थपिराखेका छन् । सोमबार १ हजार ५ सय ६१, आइतबार, १ हजार ६ सय ७ र शनिबार १ हजार ८ सय ३६ संक्रमित थपिएका थिए ।

प्रकाशित: Apr 29, 2020| 09:37 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।