बुधबार, चैत ११, २०८२

'स्कुलमा अनलाइन पठनपाठन विद्यार्थी अलमल्याउने विकल्पमात्र'

तयारी र नीति निर्देशनबिना गरिएको अनलाइनमा पठनपाठन केही समय विद्यार्थी अलमल्याउने वैकल्पिक उपाय मात्र रहेको शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलिया बताउँछन्।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

काठमाडौं- गुगल जुम, भाइबर, म्यासेन्जर, स्काइप आदिका माध्यमबाट निजी विद्यालयहरु सकीनसकी विद्यार्थीसँग जोडिइरहेका छन्। न पूर्वतयारी न शिक्षकलाई तालिम न त प्रविधिको सहज पहुँच।

National life

आफ्ना विद्यार्थी अन्यत्र नजाऊन् र व्यवसाय पनि धरापमा नपरोस् भनेर निजी विद्यालय अनलाइन माध्यम बालबालिकालाई गृहकार्य दिइरहेका छन्।

यद्यपि निजी विद्यालयको यो प्रयास बालबालिकाको निरन्तर शिक्षाका लागि एक हदसम्म लाभदायक हुन सक्छ।
तयारी र नीति निर्देशनबिना गरिएको अनलाइनमा पठनपाठन केही समय विद्यार्थी अलमल्याउने वैकल्पिक उपाय मात्र रहेको शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलिया बताउँछन्।

उनले भने, 'यो विद्यार्थी र शिक्षकबीच अन्तरक्रिया गर्ने उपाय मात्र हो। पूर्वाधार ज्यादै न्यून भएको हाम्रो देशका सामुदायिक विद्यालयमा अनलाइनबाट सिकाइ क्रियाकलाप उपलब्धिमूलक हुन सक्दैन।'

त्यसो त सरकारी तहबाट अहिलेसम्म अनलाइन पठनपाठनबारे कुनै योजना वा नीति तयार भएको पाइँदैन।

Laxmi sunrise bank
kumari

शैक्षिक सत्र सुरु भएको ६ महिनासम्म पाठ्यपुस्तक नपाउने र उचित विषय शिक्षक नै नपाई विद्यालय शिक्षा पूरा गर्न विवश बालबालिकाले अहिलेको अवस्थामा अनलाइनमार्फत पढ्न पाउनु धेरै टाढाको विषय हो।

यस्ता बालबालिकालाई केन्द्रमा नराखी गरिने शैक्षिक क्रियाकलापले सबैलाई समेट्न नसक्ने उनको भनाइ छ।

उनले शिक्षा मन्त्रालय र मातहतका निकायका वेबसाइटमा विभिन्न पठन सामग्री रहेकाले त्यसलाई प्रयोग गर्दा उचित हुने बताए।
सरकारी स्तरमा विद्यालय तहमा अनलाइन शिक्षा कसरी गराउन सकिन्छ भनेर भर्खरै छलफल हुन थालेको सुरु भएकाे छ।

डा. थपलियाले भने, 'अनलाइन पठनपाठनबारे कुनै नीति वा निर्देशन जारी भएको छैन। अहिले केही निजी विद्यालयले आफूखसी अनलाइनबाट पठनपाठन थाल्नु नयाँ अभ्यास हो। यसका धेरै चुनौती छन्।'

इन्टरनेटको पहुँच सबैमा नहुनु, शिक्षक नै तयार नहुनु, यति बेला सहरी क्षेत्रका विद्यार्थी पनि आफ्नो थातथलोमा फर्किएका कारण अनलाइन पठनपाठनमा कुनै पनि स्कुलले सबै विद्यार्थी समेट्नै नसक्ने उनको भनाइ छ। अहिले अनलाइन कक्षा चलाइरहेका निजी स्कुललाइ नियमन गर्ने निर्देशिका पनि नरहेकाे जानकारी उनले दिएका छन्।

याे पनि पढ्नुस् ः

लहडमै अनलाइन कक्षा

प्रकाशित: Apr 28, 2020| 20:13 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्