बुधबार, चैत ११, २०८२

‘आरडीटीको काम छैन, पैसा खेर नफालौं’

भएका आरडीटी किटलाई स्टोरमा राखौं, अर्को वर्ष संक्रमण निर्मूल भयो कि भएन भनेर सर्भे गर्न काम लाग्छ । जति सक्यो पीसीआर मेसिन किनौं, पीसीआर टेस्टको दायरालाई व्यापक बनाऔं । सरकारले मात्र नसके सयौं निजी अस्पताल छन्, तिनीहरुलाई पीसीआर टेस्ट गर्न सहजीकरण गरौँ ।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

कोरोना संक्रमणको लागि नेपालमा गरिएको आरडीटी टेस्ट रोग निदानको लागि नभएर सर्भे, अनुसन्धान वा प्रकोप नियन्त्रणपछि गर्ने परिक्षण विधि हो ।

National life

यो टेस्टले शरीरमा भाइरस छ कि छैन भनेर देखाउँदैन । यसले जाँच गरेको व्यक्तिमा रोगसँग लड्ने एन्टीबडी मात्र देखाउने हो । रोगको प्रकोप सुरु भएको नेपालजस्तो देशको लागि यो परिक्षण गर्नु भनेको हामीले यति हजार वा लाख नागरिकको जाँच गरेका छौं भन्नको लागि मात्र हो ।

संक्रमण भएको ७, ८ दिनदेखि महिनासम्म यसमा एन्टीबडी देखिन सक्छ । रोग सुरु भएको वा तत्कालै रोग सरेको यो टेस्टबाट थाहा हुँदैन । एक त यो टेस्टका किट गुणस्तरहीन छन् । ३० – ४० प्रशितभन्दा धेरै गलत रिपोर्ट आउँछ । त्यसमा पनि संक्रमण सुरु भएको अवस्थामा यो जाँचको कुनै अर्थ छैन।

उदाहरणको लागि उदयपुर लगायत ठाउँका दर्जन व्यक्तिहरुमा आरडीटी टेस्टले नेगेटिभ रिजल्ट दिएको थियो । यदि उनीहरुलाई पीसीआर टेस्ट नगरेको भए उनीहरुले सयौं, हजारौं जनालाई यो रोग फैलाउन सक्दथे । सरकारले धेरै जिल्लामा दशौं हजारलाई यो परीक्षण गरिरहेको छ, रिपोर्ट नेगेटिभ आइरहेको छ ।

यदि आरडीटी टेस्ट पोजिटिभ आयो भने उसलाई पीसीआर टेस्ट गरिएको छ । यो राम्रो पक्ष हो । यसबाट कमसेकम पोजिटिभ देखिएको व्यक्ति सतर्क रहन्छ, पीसीआर टेस्टको अवसर पाउँछ, तर आरडीटीमा नेगेटिभ देखियो भने उ ढुक्क भएर सबैसँग भेटघाट गर्छ र धेरै जनालाई रोग सार्न सक्छ । यो निकै संवेदनशील विषय हो ।

Laxmi sunrise bank
kumari

पीसीआर टेस्टमा सिधै भाइरसको जिन देखिने भएकोले यो विधि विश्वासिलो छ । यसमा संक्रमण भएको सुरुको अवस्थादेखि रोग निको भएको केही दिन पछिसम्म पोजिटिभ देखाउँछ।

नयाँ रोग फैलिएको बेलामा पीसीआर टेस्ट नै गर्नुपर्छ । घाँटी वा नाकको स्वाब संकलन, त्यसको सुरक्षण, परिवहन र परीक्षण राम्रोसँग गर्यो भने पीसीआर टेस्टबाट ७० प्रतिशत सहि रिपोर्ट आउँछ । नेगेटिभ देखिएका व्यक्तिलाई दोहोर्याएर पीसीआर टेस्ट गर्ने हो भने ९० प्रतिशत रिपोर्ट आउँछ ।

पीसीआरमा पोजिटिभ देखिएपछि त्यो पोजिटिभ नै हुन्छ, नेगेटिभ देखिएमा मात्र परीक्षण दोहोर्याउन पर्ने हो । अहिले नेपालले जतिसक्यो, पीसीआर मेसिन किन्नुपर्छ । आरडीटी किटमा पैसा खेर फाल्नु जरुरी छैन । युरोप, अमेरिकाजस्ता देशले त कोरोना संक्रमण थेग्न सकेका छैनन् भने नेपालजस्तो स्रोतसाधन, जनशक्ति, आइसीयु, भेन्टिलेटर आदि न्यून भएको देशले संक्रमण थेग्न सक्दैन ।

तसर्थ भएका आरडीटी किटलाई स्टोरमा राखौं, अर्को वर्ष संक्रमण निर्मूल भयो कि भएन भनेर सर्भे गर्न काम लाग्छ । जति सक्यो पीसीआर मेसिन किनौं, पीसीआर टेस्टको दायरालाई व्यापक बनाऔं । सरकारले मात्र नसके सयौं निजी अस्पताल छन्, तिनीहरुलाई पीसीआर टेस्ट गर्न सहजीकरण गरौँ ।

कोरोना संक्रमण जित्न पीसीआर परीक्षणको दायरा बढाएर संक्रमित समूहलाई आइसोलेसनमा राखेर उपचार गर्ने तथा स्वस्थ्य व्यक्तिलाई संक्रमितबाट सुरक्षित राख्नुको विकल्प हामीसँग छैन ।

प्रकाशित: Apr 28, 2020| 18:35 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्