बिहीबार, भदौ ४, २०८३

सनराइजका ग्राहकलाई फुडमान्डुमा विशेष छुट

सनराइज बैंक लिमिटेडले फुडमान्डुबाट अनलाइन सामान किन्ने आफ्ना ग्राहकलाई विशेष छुट दिने भएको छ।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

काठमाडौं– सनराइज बैंक लिमिटेडले फुडमान्डुबाट अनलाइन सामान किन्ने आफ्ना ग्राहकलाई विशेष छुट दिने भएको छ।

बैंकले मंगलबार प्रेस विज्ञप्ति जारी गरी फुडमान्डुबाट सामान किन्ने आफ्ना ग्राहकलाई १० प्रतिशत वा पाँच सय रूपैयाँ ‘क्यास ब्याक’ दिने जनाएको छ।

यसका लागि ग्राहकले सनराइज बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर कोड प्रयोग गरी फुडमान्डुबाट सामान किन्नुपर्नेछ। यो अफर लकडाउन अवधिसम्म काठमाडौं उपत्यकामा मात्र हुने बैंकले जनाएको छ।

कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमणको जोखिमलाई ध्यान दिँदै ग्राहकको सुविधाका लागि यो सम्झौता गरिएको बैंकले जनाएको छ। यस्तै, बैंकले आफ्ना ग्राहकलाई घरमै बसी डिजिटल बैंकिङ सुविधा उपभोग गर्न आग्रहसमेत गरेको छ।

बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटीएम नेटवर्क, अनलाइन बैंकिङ, रेमिट्यान्स सेवाका साथै केही नगद काउन्टर पनि सञ्चालन गर्दै आएको छ।

प्रकाशित: Apr 28, 2020| 16:03 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्