बिहीबार, भदौ ४, २०८३

श्रमिकलाई चैत महिनाको तलब दिन जिफन्टको आग्रह

रोजगारीको सुनिश्चितता, पारिश्रमिकको प्रत्याभूति तथा कार्यस्थलमा व्यक्तिगत सुरक्षाको व्यवस्था गर्न रोजगारदाता कम्पनी तथा सरकारसँग जिफन्टले माग पनि गरेको छ।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

काठमाडौं– नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले श्रमिकलाई चैत महिनाको पारिश्रमिक उपलब्ध गराउन रोजगारदातालाई आग्रह गरेको छ।

सुदृढ श्रम सम्बन्धबाट मात्र उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने र समृद्धिको यात्रामा हिँड्न सकिने भन्दै जिफन्टले पारिश्रमिक उपलब्ध गराउन आग्रह गरेको हो।

रोजगारीको सुनिश्चितता, पारिश्रमिकको प्रत्याभूति तथा कार्यस्थलमा व्यक्तिगत सुरक्षाको व्यवस्था गर्न रोजगारदाता कम्पनी तथा सरकारसँग जिफन्टले माग पनि गरेको छ।

त्यसैगरी लकडाउनको बहानामा विभिन्न क्षेत्रका श्रमिकलाई निष्काशन गर्ने र बेतलवी बिदा बस्न दबाब दिने काम अविलम्ब रोक्न रोजगारदातासँग अनुरोध गरेको छ।

प्रकाशित: Apr 28, 2020| 10:15 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्