शनिबार, फागुन ३०, २०८२

मध्यप्रदेशमा दैनिक १२ हजार पीपीई उत्पादन

भारतको मध्य प्रदेश राज्यमा दैनिकरूपमा १२ हजार व्यक्तिगत सुरक्षा पोशाक पीपीई उत्पादन भइरहेको छ ।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

भारतको मध्य प्रदेश राज्यमा दैनिकरूपमा १२ हजार व्यक्तिगत सुरक्षा पोशाक पीपीई उत्पादन भइरहेको छ ।

National life

कोरोना भाइरसबाट सङ्क्रमणको आशंका गरिएका वा सङ्क्रमण भएका विरामीहरुलाई उपचार गर्ने स्वास्थ्यकर्मीहरुले पीपीई लगाउनु पर्ने भएकोले अहिले पीपीईको माग बढिरहेको छ ।

सरकारी अधिकारीका अनुसार मध्य प्रदेशमा दैनिक दश हजार पीपीईको माग भइरहेको छ । कोरोनाभाइरसको महामारी शुरु भएदेखि यस राज्यमा अहिलेसम्म झण्डै एक लाख ५० हजार पीपीई उत्पादन भइसकेको छ ।

उत्पादन भएकामध्ये करिब ७५ हजार पीपीई इन्दौर र भोपालमा पठाइएको प्रादेशिक औद्योगिक विकास केन्द्रका प्रवन्ध निर्देशक कुमार पुरुषोत्तमले जानकारी दिए।

“मध्यप्रदेश राज्यमा दैनिक दश हजार पीपीईको आवश्यकता पर्दछ, जबकी दैनिक १२ हजार उत्पादन हुदै आएको छ,” उनले भने। उनले प्रकाशित गरेको एउटा विज्ञप्तिमा करिब ४० हजार पीपीई भोपाल र इन्दौरमा भण्डारण गरेर राखिएको उल्लेख छ ।

Laxmi sunrise bank
kumari

उनीहरुले कतिपय अन्य जिल्लाहरुमा ती पीपीई पठाउन पनि थालेको वक्तव्यमा जनाइएको छ । उनले स्थानीय अधिकारीको सिफारिसका आधारमा ती पीपीईहरु पठाउने गरिएको पनि जानकारी दिए।

एउटा भिडियो बैठकका क्रममा राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानले रक्षा अनुसन्धान तथा विकास संगठनले अनुमोदन गरेर पीपीई उत्पादन गर्न थालिएको जानकारी दिए।

राज्य सरकारले नागरिकलाई अत्यावश्यक पर्ने मास्क पनि उत्पादन गरेर सुपथ मूल्यमा उपलब्ध गराइरहेको छ ।
रासस

प्रकाशित: Apr 27, 2020| 21:35 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।