शनिबार, फागुन ३०, २०८२

कोरोनाका कारण इजरायलमा १० लाख बेरोजगार थपिए

इजरायलमा कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि अहिलेसम्म थप दश लाखभन्दा बढी बेरोजगार भएका छन् ।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

इजरायलमा कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि अहिलेसम्म थप दश लाखभन्दा बढी बेरोजगार भएका छन् ।

National life

इजरायली रोजगार सेवा आइईएसले दिएको जानकारीअनुसार अहिलेसम्म कुल दश लाख ११ हजार २०५ जना बेरोेजगार भएका हुन् ।

यो विवरण यही मार्च १ देखिको भएको अधिकारीहरुले बताएका छन् । त्यसको तीन दिनपछि इजरायलमा पहिलो कोरोना भाइरस सङ्क्रमित भेटिएका थिए ।

आइतबार मात्रै ११ हजार ९३० जनाले बेरोजगार भत्ताका लागि निवेदन पनि दिएका छन् । इजरायलमा बेरोजगार भत्ताका लागि दैनिक निवेदन पर्ने गरेको छ ।

त्यसमध्ये अप्रिल ५ देखि अहिलेसम्म निवेदन दिएकामध्ये आइतबारको संख्या सबैभन्दा धेरै हो ।
रासस

प्रकाशित: Apr 27, 2020| 21:30 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।