बुधबार, चैत ११, २०८२

त्रिविले थाल्यो अनलाइन कक्षाबारे विद्यार्थीसँग छलफल

त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालनबारे विद्यार्थीसँग छलफल थालेको छ।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालनबारे विद्यार्थीसँग छलफल थालेको छ। विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनका नेताहरुबीच सोमबार छलफल भएको जनमत विद्यार्थी संघका केन्द्रीय अध्यक्ष पोषण यादवले जानकारी दिए।

National life

उनले भने, ‘विश्वविद्यालयका पदाधिकारीसँग अनलाइन कक्षा सञ्चालन कसरी गर्ने, यसमा आउने समस्या र चुनौतीबारे छलफल भएको छ।’ 

सबै विद्यार्थीसँग इन्टरनेटको सहज पहुँच नभएको, कतिपय विद्यार्थीसँग स्मार्टफोन पनि नभएको अवस्थामा अनलाइन कक्षा  प्रभावकारी बनाउन कठिन हुन सक्ने विषयमा पदाधिकारीकाे ध्यानाकर्षण गराएको विद्यार्थी नेता यादवले बताए।

विद्यार्थीलाई कोठा भाडामा छुट र राहत उपलब्ध गराउन विश्वविद्यालयका तर्फबाट पनि पहल गर्नुपर्ने माग विद्यार्थी नेताहरुले गरेका छन्। 

याे पनि पढ्नुस्

Laxmi sunrise bank
kumari

लहडमै अनलाइन कक्षा

प्रकाशित: Apr 27, 2020| 17:10 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्