बुधबार, चैत ११, २०८२

लकडाउनका कारण बालबालिकाको खोप त छुटाउनु भएको छैन ?

लामो समयको लकडाउनका कारण धेरैजसो मानिस घरभित्रै छन्। अत्यावश्यक सेवाका बाहेक अन्य मानिस घरमै बसिरहँदा कतिपय महत्वपूर्ण काम पनि छुटिरहेका छन्।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

काठमाडौं- लामो समयको लकडाउनका कारण धेरैजसो मानिस घरभित्रै छन्। अत्यावश्यक सेवाका बाहेक अन्य मानिस घरमै बसिरहँदा कतिपय महत्वपूर्ण काम पनि छुटिरहेका छन्।

National life

सरकारले नै कतिपय कुरालाई थाती राख्न आग्रह गरेको छ। ऋणको किस्ता तिर्ने, कर, नविकरणलगायत थुप्रै कामहरु थाती राख्न भनेको छ भने पछि जरिबाना नलाग्ने गरी काम गरिदिने आश्वासन दिएको छ।

तर कतिपय कामहरु थाती राख्दा त्यसले गम्भिर समस्या निम्त्याउन सक्छ।

सरकारले यसअघि बालबालिकालाई जन्मदेखि विभिन्न समयमा दिने विभिन्न रोगका खोपहरु पनि केही समयका लागि रोकेको थियो।

लकडाउनका कारण खोपका कार्यक्रमहरु पनि स्थगित गरिँदा यसले दीर्घकालीन असर निम्त्यान सक्ने ठानेपछि गत वैशाख १० गतेदेखि नै सरकारले खोपका कार्यक्रमहरुलाई पुनः निरन्तरता दिएको छ।

Laxmi sunrise bank
kumari

अधिकांश स्थानीय तहले आइतबारदेखि खोप कार्यक्रम सुरु गरिसकेका छन्।

बालबालिकालाई नियमित दिनुपर्ने खोपहरु नदिइँदा यसले भविस्यमा निम्त्याउन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै सरकारले सबै स्थानीय तहलाई खोपका लागि आवश्यक प्रवन्ध गर्न र स्वास्थ्य संस्थाहरुले स्वास्थ्यका मापदण्ड पुरा गरी आवश्यक दूरी कायम गरेर खोप चलाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।

नियमित खोप लगाउनु पर्ने बालबालिका भएका कतिपय अभिभावकलाई सरकारले यस्तो निर्णय गरेको जानकारी पाएपछि खोपका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हरेक वर्ष ६ लाख २० हजार बालबालिकाले जन्मदेखि १५ महिनासम्म लगाउनुपर्ने अनिवार्य र निःशुल्क खोप सेवा लिने गरेका छन्। यो अवधिमा उनीहरुलाई १२ वटा खोप लगाउनुपर्छ। ती सबै अनिवार्य खोप हुन्।

कतिपय मानिसहरुले लकडाउनबारेको मात्रै समाचार सुन्ने र बाँकी कुरामा ध्यान नदिने गर्दा खोपबाट आफ्ना बालबालिकालाई बञ्चित गराएकी भन्ने चिन्ता संयुक्त राष्ट्र संघले व्यक्त गरेको छ।

राष्ट्र संघीय एजेन्सी बाल कोष (युनिसेफ) ले बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको छ। युनिसेफले गत वर्ष सन् २०१९ मा विश्वभर लगभग १ करोड ३० लाख बालबालिका खोपबाट बञ्चित भएको जनाएको छ।

गत वर्ष कुनै विश्व्यापी महामारी नहुँदासमेत ठूलो संख्यामा बालबालिका खोपबाट बञ्चित भएको स्मरण गर्दै युनिसेफले यो वर्ष महामारीका कारण अझ धेरै बालबालिका खोपबाट बञ्चित हुने हुन् कि भन्ने चिन्ता व्यक्त गरेको हो।

बालबालिकालाई लगाईने दादूरा, भ्यागुते रोग तथा पोलियो जस्ता खतरनाक रोगको खोप छुटाउनै नहुनेमा जोड दिएको छ।

प्रकाशित: Apr 27, 2020| 17:11 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्