मंगलबार, साउन १२, २०८३

महिनौंदेखि बन्द बेइजिङ र सांघाईका स्कुल खुले

सांघाई र बेइजिङका विद्यालय सोमबारदेखि खुलेका छन्।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

बेइजिङ- सांघाई र बेइजिङका विद्यालय सोमबारदेखि खुलेका छन्। महिनौंपछि यी सहरका दसौं हजार विद्यार्थी विद्यालय गएका छन्।
कोरोना भाइरसको महामारीका कारण यी सहरका विद्यालय बन्द थिए।
चीनमा कोरोना भाइरसको उत्पत्ति भएपछि त्यहाँ लामो समयसम्म लकडाउन गरिएको थियो। लकडाउनका कारण यहाँका अरु कार्यालका साथै विद्यालय तथा विश्वविद्यालय पनि बन्द गरिएको थियो।
तर अहिले पनि त्यहाँ यसको संक्रमणको उच्च सतर्कता अपनाइएको छ। यही उच्च सतर्कताका साथ चीनमा व्यावसाय तथा कार्यालयहरु बिस्तारै खुला गर्न थालिएको छ।
लामो समयपछि खुला भएर विद्यालय जान पाएकोमा यी शहरका बालबालिका निकै खुशी देखिएका छन्।
चीनको वुहानमा गत डिसेम्बरको अन्तिम हप्ता देखा परेको कोरोना भाइरसको प्रकोपले सबैभन्दा पहिला चीनलाई बढी प्रभाव पारेको थियो।
यस संक्रमणबाट चीनमा ४ हजार भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ।

 

प्रकाशित: Apr 27, 2020| 15:38 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।