बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुजुकीद्वारा आपतकालीन सवारीसाधनको एक्सप्रेस सर्भिस सुचारु

सुजुकीद्वारा आपतकालीन सवारीसाधनको एक्सप्रेस सर्भिस सुचारु

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आपतकालीन स्वास्थ्य सेवा, एम्बुलेन्स, खाद्य आपुर्ति र सुरक्षामा प्रयोग हुने सवारीसाधनको एक्सप्रेस सर्भिस सुचारु गरेको छ ।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आपतकालीन स्वास्थ्य सेवा, एम्बुलेन्स, खाद्य आपुर्ति र सुरक्षामा प्रयोग हुने सवारीसाधनको एक्सप्रेस सर्भिस सुचारु गरेको छ ।

कम्पनीले यो सेवा सुचारु गर्दा नेपाल सरकारले जारी गरेको सुरक्षाका सबै प्रोटोकलहरुको पालना गर्नेछ ।

‘यो संकटको समयमा आपतकालीन स्वास्थ्य सेवा, एम्बुलेन्स र सुरक्षा संयन्त्रका गाडीहरु विना समस्या चल्न दिनु हाम्रो जिम्मेवारी हो । र, यसका लागि हाम्रोे प्राविधिक र सर्भिसिङको दक्ष टोली सुरक्षा प्रोटोकलको पालना गरेर तत्पर अवस्थामा छ,’ सीजी मोटोकर्पले भनेको छ ।

धोबीघाटस्थित कम्पनीको सर्भिस सेन्टरबाट लकडाउन अवधिमा एक्सप्रे सर्भिस सुरु गरेको हो । साथै, कम्पनीको सञ्जालमा रहेका अन्य सर्भिस सेन्टरमा पनिजतिसक्दो चाँडो यो सेवा सुरु गरिनेछ ।

कम्पनीले सुजुकी गाडीसम्बन्धी कुनै पनि जिज्ञासाको जवाफ दिन कम्पनीले सर्भिस हटलाइन नम्बर ९८०१५७१५७१ समेत संचालनमा ल्याएको छ ।

कम्पनीले देशभर रहेका ३९ वटा सर्भिस सेन्टरमार्फत सुजुकीका ग्राहकलाई निरन्तर सम्पर्क गर्नुका साथै कुनैपनि समयमा उपलब्ध हुने प्रबन्ध मिलाएको छ । ग्राहकले सुजुकीको आधिकारिक फेसबुक पेजमार्फत समेत सम्पर्क राख्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: Apr 27, 2020| 10:26 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्