बिहीबार, भदौ ४, २०८३

सिटिजन लाइफको प्रिमियम फोन पेबाट तिर्न सकिने

 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा ग्राहकहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै अनलाइन एप मार्फत आफ्नो प्रिमियम तिर्न सकिने सेवा फोन पे को शुभारम्भ गरेको छ ।

अनलाईन पेमेन्ट सिस्टम फोनपेको माध्यमद्वारा नेपालको ५० भन्दा अधिक बैंकहरुको मोबाइल बैंकिङ्ग एप सेवा प्रयोग गरेर सिटिजन लाइफ इन्स्योरेन्समा रहेको आफ्नो बीमा शुल्क सहजरुपमा भुक्तानी गर्न सकिनेछ।

यसअघि पनि इसेवा तथा डिजिटल बैङ्किङ्ग मार्फत सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क घरैबाट तिर्न सकिने व्यवस्था गरको थियो ।

प्रकाशित: Apr 27, 2020| 10:25 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्